नेप्सेको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल


काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्ष पदको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालले पाएका छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार नेप्से सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयको योजना, अनुसन्धान तथा मूल्याङ्कन महाशाखा प्रमुख लम्साललाई दिइएको हो ।

डेढ महिनादेखि नेप्सेमा अध्यक्षको पद रिक्त थियो । यसअघि नेप्सेको अध्यक्ष पदमा हेमन्त बस्याल रहेका थिए । बस्यालले गत बैशाख १५ गते राजिनामा दिएका थिए ।

रिक्त पदमा सरकारले लम्साललाई जिम्मेवारी दिएसँगै नेप्सेले नयाँ नेतृत्व पाएको छ । लम्साल हाल नेपाल रिइन्स्योरेन्सको अध्यक्ष तथा नेपाल बैंकको सञ्चालक समेत छन् ।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार  १७ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।