चारदिनपछि नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकममा भने गिरावट


काठमाडौँ । बुधबार नेप्सेमा सामान्य अंकले सुधार आएको छ । लगातार चार दिनदेखि घटेको नेप्से आज ०.०८ अंकले बढेर २७०५.५३ विन्दुमा कायम भएको हो ।

बुधबार कारोबारमा आएका ३५२ कम्पनीका ८३ लाख ७५ हजार ४७१ कित्ता सेयरहरू ४४ हजार ५४२ पटक किनबेच हुँदा ३ अर्ब ६३ करोड ७५ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुग्दा कारोबार रकम ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैयाँको कारोबार भएको थियो ।

बुधबार १२६ कम्पनीको सेयर बढ्दा १३१ कम्पनीको सेयर घटेको छ भने १४ कम्पनीको सेयर स्थिर रहेको छ ।

बुधबार सोपान फर्मास्युटिकल्स र एपोलो हाइइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको बजारमा बुङ्गल हाइड्रोपावरको सेयर मूल्य ७.५० प्रतिशतले बढेको छ । त्रिशुली हाइड्रोपावरको सेयर मूल्य ५.९२ प्रतिशतले बढेको छ भने एसबिएल डेभेन्चरको एकाई मूल्य ५.८८ प्रतिशतले बढेको छ ।

यता, एनएमबी डेभेन्चरको एकाई मूल्य ८.६४ प्रतिशतले घट्दा प्राइम डेभेन्चरको एकाई मूल्य ४.९८ प्रतिशत, डोल्टी पावर कम्पनीको सेयर मूल्य ३.३५ प्रतिशत, लक्ष्मी उन्नती कोेषको ३.२४ प्रतिशतले र एनआइसी एशिया डेभेन्चरको एकाई मूल्य ३ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा एनआरएन इन्फ्राइस्टक्चरको २१ करोड १७ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रिलायन्स स्पिनिङ मिल्सको १८ करोड ३२ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।

बुङ्गल हाइड्रोपावरको १७ करोड ८३ लाख ३५ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ । चौथोमा सेन्ट्रल फाइन्यान्सको १६ करोड ८३ लाख ९४ हजार रुपैयाँको कारोबार हुँदा आँखुखोला हाइड्रोपावरको १५ करोड ९५ लाख ५३ हजार रुपैयाँको कारोबार सहित पाँचौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार  १५ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।