काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से सामान्य अंककले बढेको छ । आज नेप्से १.६३ अंकले बढेर २७०२.११ विन्दुमा कायम भएको हो ।
शुक्रबार कारोबारमा आएका ३५३ कम्पनीका १ करोड ९ लाख २२ हजार ५२५ कित्ता सेयरहरू ६१ हजार १७० पटक किनबेच हुँदा ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ ।
बिहीबार नेप्से ५.०६ अंकले घटेर २७००.४७ विन्दुमा पुग्दा कारोबार रकम ३ अर्ब ४१ करोड ४८ लाख २३ हजार रुपैयाँको कारोबार भएको थियो ।
शुक्रबार ११६ कम्पनीको सेयर बढ्दा १४० कम्पनीको सेयर घटेको छ भने १७ कम्पनीको सेयर स्थिर रहेको छ ।
शुक्रबार एपोलो हाइइड्रोपावर सेयर मूल्यमा सकारात्मक सर्किट लागेको बजारमा सोपान फर्मास्युटिकल्सको सेयर मूल्य १४.०२ प्रतिशतले बढेको छ । सपोर्ट माइक्रो फाइन्यान्सको सेयर मूल्य ९.०८ प्रतिशतले, रिलायन्स फाइन्यान्सको सेयर मूल्य ६.७२ प्रतिशतले बढेको छ भने गुराँस लघुवित्तको सेयर मूल्य ४.५५ प्रतिशतले बढेको छ ।
यता, बुङ्गल हाइड्रोपावरको सेयर मूल्य १२.४५ प्रतिशतले घट्दा आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १०.२१ प्रतिशत, सिटिजन्स बैंक डेभेन्चरको एकाई मूल्य ८.५२ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको ४.५४ प्रतिशतले र सालपा विकास बैंकको सेयर मूल्य ३.२८ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा ग्लोबल आइएमई बैंक डेभेन्चर २०८६/८७ को ३३ करोड ११ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक डेभेन्चर २०८४/८५ को ३२ करोड ७६ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ ।
सोपान फर्मास्युटिकल्सको २० करोड १३ लाख ६७ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ । चौथोमा आँखुखोला जलविद्युत कम्पनीको १९ करोड ५२ लाख ७३ हजार रुपैयाँको कारोबार हुँदा यूनाइटेड मोदी हाइड्रोपावरको १४ करोड २९ लाख ५२ हजार रुपैयाँको कारोबार सहित पाँचौँ स्थानमा रहेको छ ।










प्रतिक्रिया