सेयर बजारमा सामान्य गिरावट


काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से १.४६ अंकले घटेर २७००.६५ विन्दुमा कायम भएको हो ।

सोमबार कारोबारमा आएका ३५३ कम्पनीका ८१ लाख ३८ हजार ४३३ कित्ता सेयरहरू ९० हजार ८६२ पटक किनबेच हुँदा ४ अर्ब ४४ करोड ६५ लाख २० हजार रुपैयाँको कारोबार भएको छ ।

शुक्रबार नेप्से १.६३ अंकले बढेर २७०२.११ विन्दुमा पुग्दा कारोबार रकम ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार रुपैयाँको कारोबार भएको थियो ।

सोमबार ११६ कम्पनीको सेयर बढ्दा १४३ कम्पनीको सेयर घटेको छ भने १४ कम्पनीको सेयर स्थिर रहेको छ ।

सोमबार टक्सार पिखुवा खोला र यम्बालिङ हाइइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको बजारमा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ७.३३ प्रतिशतले बढेको छ । सोपान फर्मास्युटिकल्सको सेयर मूल्य ५.६६ प्रतिशतले, एपोलो आइड्रोपावरको सेयर मूल्य ५.२६ प्रतिशतले बढेको छ ।

यता, नेपाल बैंक डेभेन्चरको एकाई मूल्य ३.८७ प्रतिशतले घट्दा गार्डियन माइक्रोलाइफको सेयर मूल्य ३.०४ प्रतिशत, भुजुङ हाइड्रोपावरको सेयर मूल्य ३.०४ प्रतिशत, हिमालयन बैंकको ३ प्रतिशतले र केबिएल डेभेन्चरको एकाई मूल्य २.९२ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा सोपान फर्मास्युटिकल्सको ३७ करोड ४४ लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा एनआरएन इन्फ्राइस्टक्चरको ३० करोड ५१ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।

एनबिबिएल डेभेन्चरको २८ करोड ९१ लाख ८१ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ । चौथोमा स्वाबलम्बन लघुवित्तको २० करोड ४३ लाख १४ हजार रुपैयाँको कारोबार हुँदा आँखुखोला जलविद्युत कम्पनीको १७ करोड ३२ लाख २२ हजार रुपैयाँको कारोबार सहित पाँचौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति: ८ असार २०८३, सोमबार  १५ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।