काठमाडौँ । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजारमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक १४.४५ अंकले घटेर २६६०.०२ अंकमा झरेको हो ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । मंगलबार ४ अर्ब ३६ करोड २१ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार रुपैयाँमा कारोबार भएको हो ।
बुधबारको कारोबारमा ३३८ कम्पनीका १ करोड ७ लाख ७७ हजार ५८२ कित्ता सेयर ७२ हजार ९१७ पटक किनबेच भएको हो । आज ६२ कम्पनीको सेयर मूल्य बढ्दा २०२ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
बुधबार वित्त र व्यापार उपसमूह बाहेक सबै उपसमूह राताम्मे भएका छन् । आज वित्त उपसमूहको ०.१९ प्रतिशतले र व्यापार उपसमूहको ०.८१ प्रतिशतले बढेको हो ।
यता, बैंकिङ ०.४८, विकास बैंक ०.५७, होटल तथा पर्यटन ०.६२, लगानी ०.३२, जीवन बिमा ०.४६ प्रतिशत, उत्पादन तथा प्रशोधन १.१०, लघुवित्त ०.३८, म्युचुअल फण्ड ०.४४, निर्जीवन बिमा ०.६४ र अन्य १.०२ प्रतिशतले घटेका छन् ।
आज टक्सार पिखुवा खोला हाइड्रोपावर, याम्बालिङ हाइड्रोपावर र भुजुङ हाइड्रोपावरका सेयर मूल्य करिब १५ प्रतिशतले बढेका छन् । यता सोपान फर्मास्युटिकल्सको सेयर मूल्य ५.०५ प्रतिशतले घटेको छ ।
बुधबार कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज २९ करोड ६२ लाख ३३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सोपान फर्मास्यूटिकल्सको १७ करोड २२ लाख ७१ हजार रुपैयाँको सेयर किनबेच भएको छ भने यूनाइटेड मोदी हाइड्रोपावको ११ करोड ८२ लाख ६ हजार रुपैयाँको कारोबार भएको छ ।










प्रतिक्रिया