चारदिन पछि सामान्य बढ्यो सुनको भाउ, चाँदीमा भने गिरावट


काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । सोमबारदेखि लगातार घटेको सुनको मूल्य चारदिन पछि शुक्रबार तोलामा ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ७९ हजार १०० रुपैेयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, शुक्रबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार १८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ०११.९२ अमेरिकी डलर र चाँदी ५६.४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।