आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र स्वतन्त्र चालक फाउनडेसनबीच सम्झौता


काठमाडौँ । पानीपोखरीमा प्रधान कार्यालय रहेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र बालकुमारी ललितपुरमा रहेको स्वतन्त्र चालक फाउनडेसन नेपालबीच सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका बागमती प्रदेश प्रमुख श्रीराम भण्डारी र स्वतन्त्र चालक फाउनडेसनका संस्थापक अध्यक्ष मुक्तिनाथ फुयालले हस्ताक्षर गरे ।

सहकार्य अन्तर्गत दुर्घटना पछि आवश्यक औषधोपचार, नगद रहित उपचार सेवा, दावी प्रक्रियालाई सरल बनाउने व्यवस्था तथा बीमा दावीको छिटो फछ्र्यौटलाई प्राथमिकता दिइनेछ ।

साथै, दुर्घटना पछि आवश्यक समन्वय र बीमितलाई समयमै सेवा उपलब्ध गराउन दुवै पक्षबाट प्रभावकारी रूपमा कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

साथै, सोही अवसरमा आइजीआईका भण्डारीले फाउनडेसनसँग आवद्ध ग्राहकहरुलाई आइजीआईसँग आवश्यक सबै बीमालेख खरिद गरी सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै फाउनडेसन र फाउनडेसनसँग आवद्ध सदस्यहरुलाई दुर्घटना तथा औषधोपचार बीमा सेवा प्रदान गर्न पाएकोमा संस्था प्रति आभार व्यक्त गर्दै संस्थासँग आवद्ध सबै ग्राहकहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआईबाट प्राप्त गर्न सक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

फुयालले आइजीआईबाट लिने बीमा सेवाहरु छिटो छरितो प्राप्त हुने र आफ्नो संस्थाका सदस्यहरुलाई आइजीआईसँग भएका सबै प्रकारका बीमा सेवामा क्रमशः आवद्ध गराउँदै कम्पनीसँग हातेमालो गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति: १५ असार २०८३, सोमबार  १७ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।