काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सार्वजनिक तथा निजी सवारीको सिसामा जडान गरिएको कालो स्टिकर हटाउने अभियानलाई तीव्रता दिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् ।
सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमनका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
गृहमन्त्री गुरुङले आफ्नो सवारीको कालो स्टिकर पनि हटाइदिन निर्देशन दिए। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश काफ्लेसहितका अधिकृतलाई निर्देशन दिँदै गुरुङले भने,“मेरो गाडीमा जडान भएको कालो सिसा पनि हटाउनूस् ।”
असार १४ देखि ट्राफिक प्रहरीले उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीको सिसामा जडान गरिएको कालो स्टिकर हटाउँदै कारबाही गरिरहेको छ ।










प्रतिक्रिया