धेरै अर्बपतिहरू हुने देशको पहिलो सूचीमा चीन, अमेरिका कुन स्थानमा


काठमाडौँ । सबैभन्दा धेरै अर्बपति भएको देशको पहिलो स्थानमा चीन पुगेको छ । हुरुन ग्लोबल रिच लिस्ट २०२६ अनुसार, चीनमा अहिले ११ सय १० जना अर्बपतिहरू रहेका छन् ।

चीनका ७५ प्रतिशत अर्बपतिहरू विगत १० वर्षमा मात्रै यो सूचीमा सामेल भएका हुन् । तथ्यांकका अनुसार चीनले अमेरिकालाई पछि पारेको छ । अमेरिकामा १ हजार जना अर्बपतिहरू छन् ।

यता, अर्बपतिहरूको संख्यामा भारत विश्वकै तेस्रो स्थानमा रहेको छ । भारतमा ३०८ जना अर्बपतिहरू छन् जुन संख्या चौथो स्थानमा रहेको जर्मनीको तुलनामा धेरै बढी हो ।

युरोपमा पनि अर्बपतिहरूको ठूलो आधार रहेको छ । त्यहाँ जर्मनी १७१ जना अर्बपतिहरूका साथ अग्रस्थानमा छ भने बेलायत १५० जनाका साथ पाँचौं स्थानमा छ । स्विट्जरल्यान्ड, रुस, इटली र फ्रान्स पनि शीर्ष १० को सूचीमा छन् ।

एसियाका अन्य देशहरूमा सिंगापुरमा ५९, इन्डोनेसियामा ४४ र जापानमा ४२ जना अर्बपतिहरू रहेका छन् भने अस्ट्रेलिया ६१ जना अर्बपति रहेका छन् ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार  ०९ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।