सात दिनको गिरावट पछि दोहोरो अंकले बढ्यो नेप्से


काठमाडौँ । लगातार सात दिन घटेको नेप्से आज (बुधबार) दोहोरो अंकले बढेको छ । बुधबार नेप्से ४४.५९ अंकले बढेर २६५२.९३ विन्दुमा कायम भएको हो ।

बुधबार बजारमा ३६२ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये २५२ कम्पनीका सेयरमूल्य बढ्दा १७ कम्पनीका सेयरमूलयमा गिरावट आएको छ भने ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

बुधबार ९५ लाख ४७ हजार ६७८ कित्ता सेयर ५६ हजार ८५० पटकमा ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार रुपैयाँमा किनबेच भएको छ । मंगलबार ३ अर्ब २५ करोड ८७ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज सबै उपसूचक हरियाली भएका छन् ।

बुधबार स्नो रिभर्सको सेयर मूल्य १५ प्रतिशतले बढ्दा सिवाईसी नेपाल लघुवित्तको १४.२२ प्रतिशतले र भुजुङ हाइड्रोपावरको सेयर १३.९० प्रतिशतले बढेको छ । यता कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.२१ प्रतिशतले घटेको छ । त्यस्तै, एनएमबी डेभेन्चरको ४..९३ प्रतिशतले र धौलागिरी लघुवित्तको सेयर मूल्य ४ प्रतिशतले घटेको छ ।

बुधबार कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको आज २८ करोड ८४ लाख २७ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको १७ करोड ५१ लाख ५ हजार रुपैयाँको सेयर किनबेच भएको छ भने आँखुखोला हाइड्रोपावरको १७ करोड २६ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार  १५ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।