सानिमा बैंकद्वारा सातै प्रदेशमा स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न


काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शिक्षा, स्वास्थ्य, मानवीय हित, वित्तीय साक्षरता लगायत अन्य विभिन्न जनसरोकारका क्षेत्रहरूमा निरन्तर योगदान पुराउँदै आएको छ।

यसै सिलसिलामा समाजका लक्षित वर्गलाई प्रत्यक्ष लाभान्वित गराउने उद्देश्यका साथ बैंकले देशका सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरूका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण गर्ने कार्य सम्पन्न गरेको छ।

गर्भावस्था तथा सुत्केरी अवस्थामा देखिन सक्ने पोषणको अभाव, रक्तअल्पता र अन्य स्वास्थ्य जटिलताहरूबाट आमा तथा नवजात शिशुहरूलाई जोगाउन र यसको न्यूनीकरण गर्ने दीर्घकालीन लक्ष्यका साथ बैंकले यो कार्यक्रम आयोजना गरेको जनाएको छ।

यस अभियान अन्तर्गत बैंकले सातै प्रदेशका विभिन्न नगरपालिका, गाँउपालीका तथा वडा कार्यलयसँग समन्वय गरी करीब १ हजार ५० जना गर्भवती तथा सुत्केरी महीलाहरूलाई प्रत्यक्ष सेवा प्रदान गरेको छ। शिविरमा सहभागी गर्भवती तथा सुत्केरी महीलाको स्वास्थकर्मीद्वारा आवश्यक स्वास्थ्य जाँच गरिनुका साथै उनिहरुलाई ३ महीनाका लागि पुग्ने स्वास्थ्य प्रवद्र्धक पौष्टिक खाद्य सामाग्रीहरू वितरण गरिएको छ।

बैंकले भविष्यमा पनि समाजका लक्षित वर्गमा सकारात्मक प्रभाव पर्ने किसिमका क्रार्यक्रमहरूलाई निरन्तरता दिइने जनाएको छ। सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरू र १२७ वटा एटीएम संचालनमा रहेका छन्।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार  १४ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।