सामान्य अंकले बढ्यो नेप्से


काठमाडौँ । बिहीबार सेयरबजार परिसूचक नेप्से बढेको छ । बिहीबार नेप्से ८.७८ अंकले बढेर २६६१.७१ विन्दुमा कायम भएको छ ।

बिहीबार बजारमा ३५९ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये १०८ कम्पनीका सेयरमूल्य बढ्दा १५२ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ भने १३ कम्पनीको सेयर स्थिर रहेको छ ।

आज कुल ८९ लाख ६४ हजार २२३ कित्ता सेयर ४३ हजार १३१ पटकमा ४ अर्ब ११ करोड ७७ लाख ८६ हजार रुपैयाँमा किनबेच भएको छ । बुधबार ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार रुपैयाँमा किनबेच भएको थियो ।

आज सेयरबजारमा सूचीकृत समूहमध्ये वाणिज्य बैंक, वित्त, जीवन बीमा, लघुवित्त तथा म्युचुअल फण्ड समूहका परिसूचक सकारात्मक रहेका छन् ।

बिहीबार अपर लोहोरे खोला हाइड्रोपावर, कालङ्गा हाइड्रोपावर, स्नो रिभर्स र सानीगढ हाइड्रोको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । यता एनआइसी एसिया डेभेन्चरको एकाई मूल्य १०.६० प्रतिशतले घटेको छ । त्यस्तै, भुजुङ हाइड्रोपावरको ९.४३ प्रतिशतले र सामुदायिक लघुवित्तको सेयर मूल्य ७.८३ प्रतिशतले घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको आज ४१ करोड ३२ लाख २४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एनआईसी एसिया डेभेन्चरको ४० करोड ७७ लाख ५० हजार रुपैयाँको सेयर कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्सको २५ करोड २९ लाख २० हजार रुपैयाँको सेयर किनबेच भएको छ भने एभरेष्ट बैंकको १६ करोड ९४ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार  १५ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।