काठमाडौँ । सानिमा बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा भारत–नेपालबीच तत्काल रकम पठाउने तथा प्राप्त गर्ने भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ।
बैंकका अनुसार यस सेवामार्फत दुवै देशका सेवाग्राहीले बैंक खाताको विवरण साझा नगरी डिजिटल परिचयमार्फत सुरक्षित, छिटो र कम खर्चमा रकम आदानप्रदान गर्न सक्नेछन्। नेपाली सेवाग्राहीले डिजिटल परिचयमार्फत रकम प्राप्त गर्न सक्नेछन् भने भारतीय सेवाग्राहीले पनि सोही माध्यमबाट नेपालमा रकम पठाउन तथा प्राप्त गर्न सक्ने सुविधा पाउनेछन्।
बैंकले यो सेवाले सीमा पार हुने भुक्तानी प्रक्रियालाई थप सरल, सुरक्षित र सहज बनाउने विश्वास व्यक्त गरेको छ। विशेषगरी विद्यार्थी, रोजगारीमा रहेका व्यक्ति, यात्रु तथा भारत–नेपालबीच आवतजावत गर्ने परिवारका लागि यो सेवा उपयोगी हुने जनाइएको छ।
सानिमा बैंकले हाल देशभर आफ्ना शाखा कार्यालय तथा स्वचालित नगद सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।










प्रतिक्रिया