दीपक भट्ट र प्रदीप अधिकारीको कारागार सारियो


काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी र व्यवसायी दीपक भट्टलाई कारागार सारिएको छ ।

उनीहरू दुवै जना डिल्लीबजार कारागारमा थिए । कारागार प्रशासन स्रोतका अनुसार दीपक भट्टलाई ललितपुरस्थित नख्खु कारागारमा सरुवा गरिएको छ । अधिकारीलाई भने केन्द्रीय कारागार सुन्धारा सरुवा गरिएको छ ।

विभागबाट पत्र आएपछि शुक्रबार उनीहरुको कारागार सरुवा गरिएको हो ।

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजदेखि, एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद इच्छाराज तामाङ यही कारागारमा छन् । सुनिल पौडेल, विकल पौडेलदेखि नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतम पनि डिल्लीबजार कारागारमै छन् ।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार  १४ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।