सेबोनले मुद्दती निक्षेपमा लगानी गर्ने, ब्याजदरको प्रस्ताव माग


काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मुद्दती निक्षेपमा लगानी गर्ने बैंक तथा वित्तिय संस्थाहरुसँग ब्याजदरको प्रस्ताव माग गरेको छ ।

सेबोनले अक्षय कोष र लगानी योग्य रकम १ वर्षका लागि मुद्दतीमा लगानी गर्न लागेको हो । बैंकहरुले १ वर्ष ब्याज दरसहित पाँच कार्य दिनभित्र सिलबन्दी प्रस्ताव पेस गर्नुपर्नेछ ।

सिलबन्दी प्रस्ताव अन्तिम दिन खोल्ने बोर्डले जनाएको छ । बैंकहरुमा लगानीयोग्य रकम फालाफाल भएकाले लागत बढ्ने देखिएपछि ठूलो आकारको निक्षेप लिन अस्वीकार गरिरहेका छन्।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार  १२ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।