काठमाडौँ । साताको तेस्रो कारोबार दिन बुधबार सेयरबजार परिसूचक नेप्से उच्च अंकले घटेको छ । आज नेप्से ३०.०९ अंकले घटेर २६२१.५९ विन्दुमा कायम भएको छ ।
बुधबार बजारमा ३६२ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये २५ कम्पनीका सेयरमूल्य बढ्दा २४७ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ भने ५ कम्पनीको सेयर स्थिर रहेको छ ।
आज कुल ८४ लाख ६३ हजार १५ कत्ता सेयर ७७ हजार ६२७ पटकमा ४ अर्ब ८३ करोड ६० लाख ८४ हजार रुपैयाँमा किनबेच भएको छ । मंगलबार ४ अर्ब ४० करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
आज म्युचुअल फण्ड बाहेकका सबै उपसूचकहरु राताम्मे भएका छन् ।
बुधबार एनआइएमबी डेभेन्चरको सेयर मूल्य ५.५२ प्रतिशतले बढेको छ । त्यस्तै, प्रभु बैंक डेभेन्चरको ४.६७ प्रतिशतले र स्नो रिभर्सको ४.३९ प्रतिशतले बढेको छ । यता कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १३.४१ प्रतिशतले घटेको छ । त्यस्तै, उपकार लघुवित्तको १०.६९ प्रतिशतले र सानीगढ हाइड्रोको ६.३६ प्रतिशतले घटेको छ ।
बुधबार कारोबार रकमका आधारमा केबिएल डेभेन्चर शीर्ष स्थानमा रहेको छ । केबिएल डेभेन्चरको आज ६२ करोड ३९ लाख १२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एनसीसी डेभेन्चरको ४३ करोड ६० लाख ७५ हजार रुपैयाँको सेयर कारोबार हुँदा सानिक डेभेन्चरको २१ करोड ९३ लाख ९८ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।










प्रतिक्रिया