इटहरी । कजरिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो बजार विस्तार गर्दै इटहरी–हलगडामा नयाँ अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ।
ए–क्लास मार्बल्स एण्ड टायल्ससँगको सहकार्यमा सञ्चालनमा आएको शोरुमको उद्घाटन कम्पनीका निर्देशक हिमांशु अग्रवाल तथा मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपालले संयुक्त रूपमा गरेका हुन्।
कम्पनीका अनुसार नयाँ शोरुममार्फत ग्राहकले विश्वस्तरीय फ्लोर तथा वाल टायल्सका विभिन्न डिजाइन, आकार र फिनिसिङका विकल्प एकै स्थानबाट सहज रूपमा अवलोकन तथा छनोट गर्न सक्नेछन्। यसले स्थानीय घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरलाई गुणस्तरीय टायल्सको सहज पहुँच उपलब्ध गराउने विश्वास कम्पनीले लिएको छ।
कजरिया रमेश टायल्सले नेपालभर १०० भन्दा बढी शोरुममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ। कम्पनीले आगामी दिनमा पनि उच्च गुणस्तरका उत्पादन तथा आधुनिक डिजाइनमार्फत नेपाली बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउने जनाएको छ।










प्रतिक्रिया