काठमाडौँ । यो साता सेयर बजारमा दबाब देखिएको छ । गत साताको कारोबारको अन्तिम दिन शुक्रबार ८.३० अंकले घटेर २६५३.४० अंकमा पुगेको नेप्से यो साताको अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा ५२.६२ अंकले घटेर २६००.७८ विन्दुमा कायम भएको हो ।
साताका पाँच कारोबार दिनमध्ये चार दिन बजार ओरालो लाग्दा मंगलबार मात्रै सुधार देखिएको थियो ।
साताको पहिलो कारोबार दिन सोमबार नेप्से २६.२९ अंकले घटेर २६२७.११ विन्दुमा कायम भएको थियो । सोमबार बजारमा ३५६ कम्पनीका सेयरहरू किनबेच भएका थिए । यी मध्ये ३४ कम्पनीको सेयर मूल्य बढ्दा २३९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको थियो भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।
सोमबार ७५ लाख ४० हजार ४१८ कित्ता सेयरहरू ४६ हजार २४६ पटकमा ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार रुपैयाँमा किनबेच भएका थिए ।
मंगलबार सेयर बजारमा सुधार देखिएको थियो । उक्त कारोबार दिन नेप्से २४.५७ अंकले बढेर २६५१.६८ विन्दुमा कायम भएको थियो । मंगलबार बजारमा ३५२ कम्पनीका सेयर किनबेच भएकोमा २१० कम्पनीका सेयरमूल्य बढ्दा ५७ कम्पनीका सेयरमूल्यमा गिरावट आएको थियो भने १० कम्पनीको सेयर स्थिर रहेको थियो ।
मंगलबार ९५ लाख १९ हजार ४५२ कत्ता सेयरहरू ७२ हजार २२ पटकमा ४ अर्ब ४० करोड ७ लाख ५२ हजार रुपैयाँमा किनबेच भएका थिए ।
बुधबार नेप्से ३०.०९ अंकले घटेर २६२१.५९ विन्दुमा कायम भएको थियो । सो दिन ३६२ कम्पनीका सेयर कारोबार हुँदा २५ कम्पनीको सेयरमूल्य बढ्दा २४७ कम्पनीको सेयरमूल्यमा गिरावट आएको थियो भने ५ कम्पनीको सेयर स्थिर रहेको छ ।
बुधबार कुल ८४ लाख ६३ हजार १५ कत्ता सेयरहरू ७७ हजार ६२७ पटकमा ४ अर्ब ८३ करोड ६० लाख ८४ हजार रुपैयाँमा किनबेच भएका थिए ।
बिहीबार नेप्से १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा कायम भएको थियो । उक्त दिन ३६१ कम्पनीको सेयर कारोबार भएकोमा ४२ कम्पनीको सेयरमूल्य बढ्दा २२९ कम्पनीको सेयरमूल्यमा गिरावट आएको थियो भने ६ कम्पनीको सेयर स्थिर रहेको थियो ।
बिहीबार ८७ लाख ५१ हजार ३८० कित्ता सेयरहरू ५७ हजार ८६४ पटकमा ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार रुपैयाँमा किनबेच भएका थिए ।
शुक्रबार नेप्से १.१३ अंकले घटेर २६००.७८ विन्दुमा कायम भएको थियो । उक्त कारोबार दिन ३६७ कम्पनीका सेयर कारोबार हुँदा १२० कम्पनीको सेयरमूल्य बढ्दा १३५ कम्पनीको सेयरमूल्यमा गिरावट आएको थियो भने २९ कम्पनीको सेयर स्थिर रहेको थियो ।
शुक्रबार १ करोड ६ लाख ६० हजार ५३७ कित्ता सेयरहरू ५३ हजार ४३२ पटकमा ६ अर्ब ८६ करोड ७ लाख १८ हजार रुपैयाँमा किनबेच भएका थिए ।
साताभरमा कुन कम्पनीको सेयरमूल्यमा देखियो वृद्धि ?
यो साता सेयर बजारमा पहिलो कारोबार दिन सोमबार स्नो रिभर्स, सानीगाढ हाइड्रो र कालङ्गा हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढेको थियो । शुक्रबार आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १०.६६ प्रतिशतले बढेको थियो ।
यता सोमबार थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य १३.७९ प्रतिशतले घटेको थियो । त्यस्तै, बिहीबार सालपा विकास बैंकको ८.२८ प्रतिशतले र थ्रि स्टार हाइड्रोको ७.९२ प्रतिशतले घटेको थियो ।
सातामा कुन कम्पनीको कति सेयर कारोबार भयो ?
यो साता पहिलो कारोबार दिन सोमबार नेपाल इन्भेष्टमेन्ट बैंक डेभेन्चर ५३ करोड ९४ लाख ५२ हजार रुपैयाँबराबरको कारोबार भएको थियो । त्यस्तै, केबिएल डेभेन्चरको मंगलबार २० करोड ७५ लाख ८७ हजार रुपैयाँको र बुधबार ६२ करोड ३९ लाख १२ हजार रुपैयाँको कारोबार भएको थियो ।
बिहीबार ग्लोबल आइएमई बैंक डेभेन्चर ३५ करोड ५८ लाख ९२ हजार रुपैयाँको र शुक्रबार नेपाल बैंक डेभेन्चर ८९ करोड ९१ लाख ४ हजार रुपैयाँको कारोबार भएको थियो ।










प्रतिक्रिया