सेयर बजार घट्ने क्रम जारी, २६ सय विन्दुबाट तल झर्यो नेप्से


काठमाडौँ । पछिल्लो तीन कारोबार दिनदेखि घटिरहेको नेप्से आज सोमबार पनि घटेको छ । आज नेप्से ३० अंकले घटेसँगै २६ सय विन्दुबाट तल झरेको हो ।

सोमबार नेप्से ३०.६० अंकले घटेर २५७०.१८ विन्दुमा कायम भएको छ ।

सोमबार बजारमा ३६८ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये २२ कम्पनीका सेयरमूल्य बढ्दा २४९ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ भने ४ कम्पनीको सेयर स्थिर रहेको छ ।

आज कुल ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता सेयर ५१ हजार २९५ पटकमा ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार रुपैयाँमा किनबेच भएको छ । शुक्रबार ६ अर्ब ८६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

आज सबै उपसमूह राताम्मे भएका छन् ।

सोमबार सामुदायिक लघुवित्तको सेयर मूल्य ५.३७ प्रतिशतले बढेको छ । त्यस्तै, सिटिजन्स बैंक डेभेन्चर ५.३१ प्रतिशतले र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ५ प्रतिशतले बढेको छ । यता, उपकार लघुवित्तको सेयर मूल्य ११.२८ प्रतिशतले घटेको छ । त्यस्तै, बुद्धभुमी नेपाल हाइड्रोको ७.४७ प्रतिशतले र दिव्यस्वरी हाइड्रोको ६.५१ प्रतिशतले घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा एनएमबी डेभेन्चर शीर्ष स्थानमा रहेको छ । एनएमबीको आज ४८ करोड ४६ लाख ५४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एनआइसी एसिया डेभेन्चरको ४६ करोड ६५ लाख ८४ हजार रुपैयाँको सेयर कारोबार हुँदा एभरेष्ट बैंक डेभेन्चरको ३७ करोड १० लाख १४ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार  १५ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।