सेयर र घरजग्गा कारोबारमा भोलीदेखि पूँजीगत लाभकर बढ्ने


काठमाडौँ। भोलीदेखि सेयर र घरजग्गा कारोबारमा नयाँ दरको पूँजीगत लाभकर लाग्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत परिवर्तन गरेका करका दरहरु भोलीदेखि लागु हुने भएको हो ।

शुक्रबारदेखि सेयर कारोबारमा १० र ७।५ प्रतिशत पूँजीगत लाभकर लाग्नेछ ।

सरकारले सेयर कारोबारबाट भएको आयमा पुँजीगत लाभकर २।५ प्रतिशत बिन्दुले वृद्धि गरी अन्तिम हुने घोषणा बजेट मार्फत गर्‍यो । तर, आर्थिक ऐनमा पूँजीगत लाभकर अन्तिम हुने उल्लेख नहुँदा केही विवाद पनि आएको थियो ।

आय कर ऐन संशोधन गरी पूँजीगत लाभकर अल्पकालीन १० र दीर्घकालीन ७।५ प्रतिशत बनाइएको छ । यसअघि यस्तो करको दर अल्पकालीन ७।५ र दीर्घकालीन ५ प्रतिशत थियो ।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार  १४ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।