आर्थिक वर्षको अन्तिम दिन सामान्य अंकले बढ्यो नेप्से


काठमाडौँ । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से सामान्य अंक बढेको छ । बिहीबार नेप्से परिसूचक ७.५० अंक बढेर २५९७.८० विन्दुमा कायम भएको छ ।

बिहीबार बजारमा ३७१ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये १२१ कम्पनीका सेयरमूल्य बढ्दा १५१ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ भने ३ कम्पनीको सेयर स्थिर रहेको छ ।

आज कुल ९४ लाख ६९ हजार ९९ कित्ता सेयरहरु ३९ हजार ५९५ पटकमा ४ अर्ब ५६ करोड २९ लाख ५० हजार रुपैयाँमा किनबेच भएको छन् । बुधबार ४ अर्ब १७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

आज सेयरबजारमा सूचीकृत समूहमध्ये वाणिज्य बैंक, विकास बैंक, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा, व्यापार तथा अन्य समूहका परिसूचक बढेका छन् । यता, वित्त, जलविद्युत, होटेल तथा पर्यटन र उत्पादनशील तथा प्रशोधन समूहका परिसूचक घटेका छन् ।

बिहीबार एनआईबिएल ग्रोथ फण्ड १४.९६ प्रतिशतले बढेको छ । त्यस्तै, फष्ट माइक्रो फाइन्यान्सको सेयर मूल्य १४.६७ प्रतिशतले र चिर्खवा हाइड्रोपावर १४.३४ प्रतिशतले बढेको छ । यता, कर्पोरेट डेभलपमेन्ट बैंक ८.७७ प्रतिशतले घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा सिङ्गटी हाइड्रो शीर्ष स्थानमा रहेको छ । सिङ्गटी हाइड्रोको आज २४ करोड ७४ लाख २९ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सानिमा डेभेन्चरको २३ करोड ५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार  १५ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।