पूर्वअर्थमन्त्री पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर


काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेललगायत १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आज पौडेलसहित छ जना र १० वटा कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो ।

व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा पूर्वअर्थमन्त्री पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको विशेष अदालतको सूचनामा उल्लेख छ ।

पूर्वअर्थमन्त्री पौडेलमाथि २० करोड ९० लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ । साथै विभागले उनको बैंक खातामा रहेको छ लाख ३४ हजार रुपैयाँ जफत गर्नसमेत माग दाबी गरेको छ ।

प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार  ०६ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।