वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन


काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा दुई खर्ब ४३ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले गत आर्थिक वर्षमा वार्षिक लक्ष्यको ८९.१९ प्रतिशत राजस्व सङ्कलन गरेको सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए ।

कार्यालयका लागि गत आर्थिक वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

भन्सार विभागले गत आर्थिक वर्षभरिमा देशभरका सबै भन्सार कार्यालयबाट पाँच खर्ब ८८ अर्ब २५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । विभागको कुल वार्षिक लक्ष्यमा वीरगन्ज कार्यालयको योगदान ४१.४५ प्रतिशत रहेको छ ।

प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।