काठमाडौँ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ७३.६४ प्रतिशतले बढेको छ ।
लघुवित्तले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले लघुवित्तले १९ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.६४ प्रतिशतको वृद्धि हो ।
चौथो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद ब्याज आम्दानी ७.४७ प्रतिशतले वृद्धि भई २२ करोड ७४ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको खुद व्याज आम्दानी २१ करोड १६ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको सञ्चालन नाफा ७३.०५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको नाफा १५ करोड ७६ लाखबाट वृद्धि भई २७ करोड २७ लाख पुगेको हो ।
लघुवित्तको कुल वितरणयोग्य नाफा १३ करोड ६१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ९ करोड ३ लाख रुपैयाँको तुलनामा ५०.७६ प्रतिशत बढी हो। यस आधारमा लघुवित्तको वार्षिक प्रति शेयर वितरणयोग्य आम्दानी १० रुपैयाँ १३ पैसा पुगेको छ।
असार मसान्तसम्म कम्पनीले खराब कर्जामा नियन्त्रण गरेको छ । अघिल्लो वर्ष ३.८४ प्रतिशत रहेको खराब कर्जा अहिले २.८८ प्रतिशतमा झरेको छ।










प्रतिक्रिया