काठमाडौँ । देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘प्रभावका लागि जोडौं’ अभियानसहित आफ्नो १७औँ वार्षिकोत्सव मनाएको छ। कम्पनीले गुणस्तरीय इन्टरनेट सेवासँगै प्रविधिमार्फत शिक्षा, रोजगारी तथा समावेशी विकासमा योगदान पुर्याउने प्रतिबद्धता दोहोर्याएको जनाएको छ।
कम्पनीका अनुसार ‘प्रभावका लागि जोडौं’ अभियान सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर समाजमा सकारात्मक परिवर्तन ल्याउने दीर्घकालीन पहल हो। सोही अभियानअन्तर्गत क्लासिक टेकले नेपाल अपाङ्ग महिला संघसँग समावेशी रोजगारी प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ।
यस्तै, कम्पनीले अनमोल चिल्ड्रेन डेभलपमेन्ट होमलाई निःशुल्क उच्च गतिको इन्टरनेट सेवा तथा एक थान कम्प्युटर उपलब्ध गराउँदै बालबालिकाको डिजिटल शिक्षामा सहयोग गरेको जनाएको छ।
क्लासिक टेकले वार्षिकोत्सवका अवसरमा ग्राहक, कर्मचारी, साझेदार तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय सेवा, डिजिटल पहुँच विस्तार तथा संस्थागत सामाजिक उत्तरदायित्वमार्फत समाजमा सकारात्मक प्रभाव सिर्जना गर्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।










प्रतिक्रिया