सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो, चाँदीमा ८० रुपैयाँ वृद्धि


काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य बढेको छ ।

आज सुन तोलामा ६०० रुपैयाँले र चाँदी तोलामा ८० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०१९.०१ अमेरिकी डलर र चाँदी ५६.९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।