काठमाडौँ । सोमबार उच्च अंकले बढेको नेप्से मंगलबार सामान्य अंकले बढेको छ । आज नेप्से ७.२५ अंकले बढेर २७२६.४९ विन्दुमा कायम भएको हो ।
आज कुल १ करोड ४९ लाख २४ हजार ३००२ कित्ता सेयरहरु ७५ हजार १० पटकमा ६ अर्ब ६७ करोड १० लाख १७ हजार रुपैयाँमा किनबेच भएको छन् । सोमबार ५ अर्ब ५१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
मंगलबार एभरेष्ट कलरको सेयर मूल्य करिब १५ प्रतिशतले बढेको छ । त्यस्तै, कालंगा हाइड्रो ७.५० प्रतिशतले र बोटलर्स लेपालको सेयर मूल्य ७.४२ प्रतिशतले बढेको छ । यता, लबिल बैंक डेभेन्चर ७.४४ प्रतिशतले घटेको छ । त्यस्तै, एनआईबिएल ग्रोथ फण्ड ७.३० प्रतिशतले र कर्पोरेट डेभलपमेन्ट बैंक ६.५४ प्रतिशतले घटेको छ ।
मंगलबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । आज व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी २.८८ प्रतिशत बढेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको छ ।
मंगलबार कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । कम्पनीको आज ५५ करोड ७७ लाख ५० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, आँखु खोला जलविद्युतको ३१ करोड ३७ लाख ४० हजार रुपैयाँको सेयर कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्सको २७ करोड ३४ लाख ३१ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।










प्रतिक्रिया