काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र बालाजुमा रहेको जनमैत्री अस्पताल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र जनमैत्री अस्पतालका कार्यकारी निर्देशक स्वरूपा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म जनमैत्री अस्पतालबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ ।
साथै, सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले जनमैत्री अस्पतालले आफना ग्राहकहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।
सोही अवसरमा कार्यकारी निर्देशक स्वरूपा श्रेष्ठले अस्पतालसँग सन्तुष्ट ग्राहकहरुको संख्यामा क्रमशः वृद्धि हुँदै गएको, कम्पनीले इन्स्योरेन्सबाट लिने बीमा सेवाहरु छिटो छरितो प्राप्त हुने र क्रमश सेवाको लागि कम्पनीसँग हातेमालो गर्दै जाने जानकारी गराए ।










प्रतिक्रिया