काठमाडौँ । लगातार ६ दिनसम्म बढेको सेयरबजार सातौं दिन बुधबार भने घटेको छ । बुधबार सेयरबजार परिसूचक नेप्से १३.९५ अंकले घटेर २७१२.५४ विन्दुमा कायम भएको हो ।
आज कुल १ करोड १३ लाख ६२ हजार ४६५ कित्ता सेयरहरु ५६ हजार ९४ पटकमा ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँमा किनबेच भएका छन् । मंगलबार ६ अर्ब ६७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
बुधबार एभरेष्ट कलरको सेयर मूल्य करिब १५ प्रतिशतले बढेको छ । त्यस्तै, बुङ्गल हाइड्रो १०.५० प्रतिशतले र सालपा विकास बैंकको सेयर मूल्य ५.९२ प्रतिशतले बढेको छ । यता, एनसीसी डेभेन्चर ७.१६ प्रतिशतले घटेको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक डेभेन्चर ५.६३ प्रतिशतले र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स ३..९२ प्रतिशतले घटेको छ ।
बुधबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ ।
बुधबार कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । कम्पनीको आज ४२ करोड ३० लाख ८० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्राइस्टक्चरको २८ करोड १० लाख ६२ हजार रुपैयाँको सेयर कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्सको २६ करोड ३२ लाख ३५ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।










प्रतिक्रिया