काठमाडौा । रियलमीले नेपालमा आफ्नो एआईओटी इकोसिस्टमलाई थप विस्तार गर्दै विभिन्न स्मार्ट वेयरेबल उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीले उत्कृष्ट अडियो अनुभव, स्मार्ट कनेक्टिभिटी र दैनिक प्रयोगमा सहजता प्रदान गर्ने उद्देश्यले रियलमी बड्स टी१००, रियलमी बड्स टी२००, रियलमी बड्स टी५०० प्रो तथा रियलमी वाच डब्ल्यू५ सार्वजनिक गरेको हो ।
विभिन्न मूल्य वर्गमा उपलब्ध यी उत्पादनमार्फत उपभोक्ताले आफ्नो आवश्यकता र बजेटअनुसार स्मार्ट वेयरेबल छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।
दैनिक प्रयोगका लागि डिजाइन गरिएको रियलमी बड्स टी१०० मा १० एमएम डाइनामिक बास ड्राइभर, ब्लुटुथ ५.३, एआई न्वाइज क्यान्सलेसन र आईपीएक्स५ रेटिङसहित पानी तथा पसिनाबाट सुरक्षा सुविधा रहेको छ । टाइप–सी चार्जिङ र चार्जिङ केससहित यसले कुल २८ घण्टासम्म प्लेब्याक समय प्रदान गर्छ । कालो रंगमा उपलब्ध यसको मूल्य २ हजार ४९९ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, रियलमी बड्स टी२०० मा १२।४ एमएम डाइनामिक बास ड्राइभर, हाई–रेज अडियो सपोर्ट, ब्लुटुथ ५.४ र एक्टिभ न्वाइज क्यान्सलेसन (एएनसी) सुविधा रहेको छ । टच कन्ट्रोल तथा आईपी५५ रेटिङसहितको पानी र पसिनाबाट सुरक्षा सुविधासमेत रहेको यस इयरबडको मूल्य ४ हजार ४९९ रुपैयाँ छ ।
प्रिमियम अडियो अनुभव चाहने प्रयोगकर्तालाई लक्षित रियलमी बड्स टी५०० प्रोमा १२.४ एमएम टाइटेनियम प्लेटेड डाइनामिक ड्राइभर, ब्लुटुथ ६.१, एएनसी र १३.५ घण्टासम्मको प्लेब्याक सुविधा रहेको छ । एआई लाइभ ट्रान्सलेटर र एआई फेस–टु–फेस ट्रान्सलेटरजस्ता सुविधा रहेको यसको मूल्य ७ हजार ४९९ रुपैयाँ तोकिएको छ ।
यसैगरी, रियलमी वाच डब्ल्यू५ मा १.९७ इन्च एमोलेड टचस्क्रिन डिस्प्ले, स्वास्थ्य निगरानी सुविधा, स्मार्ट कनेक्टिभिटी र सामान्य प्रयोगमा १४ दिनसम्म टिक्ने ब्याट्री रहेको छ । आईओएस ११ तथा एन्ड्रोइड ९.० वा सोभन्दा माथिका डिभाइससँग उपयुक्त यस स्मार्टवाचको मूल्य १० हजार ९९९ रुपैयाँ छ ।










प्रतिक्रिया