काठमाडौँ । सूर्य नेपालले एक वर्षमा सवा ३२ अर्ब रुपैयाँ बढी व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा ३२ अर्ब ३५ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२४ मा २८ करोड ८१ लाख ८० लाख रुपैयाँ र सन् २०२३ मा २८ अर्ब ९९ करोड रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको सन् २०२५ को अन्त्यसम्ममा ४ अर्ब ९४ करोड ४० लाख रुपैयाँ बैंक निक्षेप, १ अर्ब २० लाख रुपैयाँ ट्रेजरी बिल तथा २१ करोड ६० लाख रुपैयाँ नगद मौज्दातका रुपमा पर्याप्त सम्पत्ति छन् ।
चुरोट, अगरबत्ति र ब्रान्डेड प्याकेज्ड फुड उत्पादन गर्दै आएको यो कम्पनी नेपालको सबैभन्दा ठूलो उत्पादन कम्पनी हो ।
चार दशकदेखि चुरोट उत्पादन गर्दै आएको कम्पनीले प्रख्यात ब्रान्डको सूर्य लेजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किङ, सूर्य फ्यूजन, सूर्य स्लिक बोल्ट, शिखर फिल्टर किङ, शिखर आईस, रस, नौलो, खुकुरी फिल्टर, पाइलट फिल्टर, नौलो म्याक्स, पल्स मिन्ट पन्च, खुकुरी स्टार, बिजुली र चौतरी ब्रान्डको चुरोट उत्पादन गर्दै आएको छ ।
सन्जिब पुरी अध्यक्ष रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि ५ अर्ब ७५ करोड रुपैयाँको रेटिङ गराएको छ ।










प्रतिक्रिया