सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदी तोलामा ३५ रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार ४४५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०९२.०९ अमेरिकी डलर र चाँदी ५९.३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।