३३ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट


काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३३.२८ अंक घटेर २७०१.३२ विन्दुमा कायम भएको हो ।

आज कुल १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता सेयरहरु ६९ हजार ८०३ पटकमा ६ अर्ब ८ करोड ८ लाख ६३ हजार रुपैयाँमा किनबेच भएका छन् । शुक्रबार ६ अर्ब २६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

सोमबार एभरेष्ट कलरको सेयर मूल्य करिब १५ प्रतिशतले बढेको छ । त्यस्तै, गरिमा समृद्धि योजना ४.७८ प्रतिशतले र सानिमा बैंक डेभेन्चर ४.५५ प्रतिशतले बढेको छ । यता, आत्मनिर्भर लघुवित्त १३.३८ प्रतिशतले घटेको छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक ९.६३ प्रतिशतले र नेपाल बैंक डेभेन्चर ८.५७ प्रतिशतले घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको आज ३३ करोड ८६ लाख ६६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको २८ करोड १३ लाख ९५ हजार रुपैयाँको सेयर कारोबार हुँदा रिडी पावर कम्पनीको २२ करोड १३ लाख ४६ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार  १५ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।