काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक तथा बित्तिय संस्थाहरुलाई प्रदान गरिने चार प्रतिष्ठित पुरस्कारहरुबाट सम्मानित भएकोे छ ।
बैंकले ‘ बैंकले बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेजमेन्ट, बेस्ट बैंक र बेस्ट पर्फर्मेन्स अन एसेट क्वालिटि’ बिधामा उक्त सम्मान प्राप्त गरेको हो ।
भारतको नयाँ दिल्लीमा इण्डियन च्याम्बर अफ कमर्शद्धारा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२६ कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द तथा बित्त तथा योजना बिभाग प्रमुख नेत्र खतिवडाले उक्त पुरस्कारहरू ग्रहण गरेका थिए ।
यी अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कारहरूले बैंकको व्यावसायिक बैंकिङमा उत्कृष्टता, सम्पत्तिको गुणस्तरता तथा नाफामुखी कार्यसम्पादनमा देखिएको नतिजा र साना तथा मझौला उद्यमको प्रबर्दनमा बैंकको दृढ संकल्पको प्रतिबद्धतालाई जोड दिन्छ ।
नेपाल एसबिआई बैंकले बिगत ३३ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।










प्रतिक्रिया