काठमाडौँ । मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ४.६४ अंक घटेर २६९६.६७ विन्दुमा कायम भएको हो ।
आज कुल १ करोड ४ लाख २१ हजार ८६३ कित्ता सेयरहरु ५५ हजार ५८० पटकमा ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार रुपैयाँमा किनबेच भएका छन् । आइतबार ६ अर्ब ८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
मंगलबार एभरेष्ट कलरको सेयर मूल्य करिब १५ प्रतिशतले बढेको छ । त्यस्तै, लक्ष्मी उन्नती कोष ९.१० प्रतिशतले र गरिमा समृद्धि योेजना ५.९८ प्रतिशतले बढेको छ । यता, कुथेली बुखरी स्मल हाइड्रो ६.०७ प्रतिशतले घटेको छ । त्यस्तै, सिद्धार्थ इक्वीटी फण्ड ५.८७ प्रतिशतले र मेघा म्युचुअल फण्ड ४ प्रतिशतले घटेको छ ।
मंगलबार १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ ।
मंगलबार कारोबार रकमका आधारमा सेन्ट्रल फाइन्यान्स शीर्ष स्थानमा रहेको छ । फाइन्यान्सको आज २७ करोड १४ लाख १७ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको २१ करोड २१ लाख ६ हजार रुपैयाँको सेयर कारोबार हुँदा सोलु हाइड्रोपावरको १९ करोड ९ लाख १६ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।










प्रतिक्रिया