काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदी तोलामा ५० रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार ३६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ८२.३२ अमेरिकी डलर र चाँदी ५८.७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया