काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक १२.९६ अंकले बढेर २६८५.५४ विन्दुमा कायम भएको छ । लगातार चार दिन घटेको नेप्से आज बढेको हो ।
शुक्रबार निर्जिवन बिमा र व्यापार उपसमूह बाहेक सबै उपसूचकहरु हरियाली भएका छन् ।
शुक्रबार ८८ लाख ५१ हजार २१६ कित्ता सेयरहरु ४६ हजार ७५२ पटकमा ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार रुपैयाँमा किनबेच भएका छन् । बिहीबार ३ अर्ब ३८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
शुक्रबार एभरेष्ट कलरको सेयर मूल्य करिब १५ प्रतिशतले बढेको छ । त्यस्तै, लक्ष्मी भ्यालु फण्ड ८ प्रतिशतले र जोशी हाइड्रोपावर ६.७९ प्रतिशतले बढेको छ । यता, बोटलर्स नेपालको सेयर मूल्य ५.३३ प्रतिशतले घटेको छ । त्यस्तै, कालिन्चोक हाइड्रोपावर ३.५५ प्रतिशतले र कर्पोरेट डेभलपमेन्ट बैंक ३.०३ प्रतिशतले घटेको छ ।
शुक्रबार कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । कम्पनीको आज १७ करोड २६ लाख ३१ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंक १५ करोड ३२ लाख ५४ हजार रुपैयाँको सेयर कारोबार हुँदा सेन्ट्रल फाइन्यान्सको १४ करोड ८३ लाख ६१ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।










प्रतिक्रिया