काठमाडौँ । सरकारले लघुवित्तपीडितसँग दोस्रो दिनको वार्ता सुरु गरेको छ ।
अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित टोलीले आज लघुवित्तपीडितसँग वार्ता गर्न सुरु गरेको हो ।
बिहीबार लघुवित्तपीडितसँग छलफल गर्न मन्त्रीस्तरीय निर्णय भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेका स्वकीय उपसचिव नवीन ढुङ्गानाले दोस्रो दिनको वार्ता अर्थ मन्त्रालयमा सुरु भएको जानकारी दिए ।
समितिमा अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन् ।
समितिको सदस्यसचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य छन् । लघुवित्त तथा वित्तीय शोषण पीडितहरू गत साता विभिन्न माग राखेर काठमाडौँ आएका छन् ।
पीडितले वित्तीय शोषण अन्त्य, किसानलाई सस्तो ब्याजदरमा ऋण प्रदान, किसानमाथिको दलालीकरण अन्त्य, अपराधसम्बन्धी ऐन खारेजलगायतका माग राखेका छन् ।










प्रतिक्रिया