आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट २०२६ सम्पन्न


काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको श्रावण १५ गते शुक्रवार होटेल याक एण्ड यतीमा एक भव्य समारोह बीच आइएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड नाइट, २०२६ सम्पन्न भएको छ ।

कम्पनीमा आवद्ध भई दिन रात एक गरी कार्य गर्ने अभिकर्ताहरुको उच्च सम्मान र उर्जाका साथ काम गर्नकालागि सबै अभिकर्तालाई प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो । आई।एम।ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनीले आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरुको आयोजना नियमित रुपमा गर्ने गर्दछ । उपरोक्त कार्यक्रममा ३५० भन्दा बढी अभिकर्ताको सक्रिय उपस्थिति थियो ।

अवार्ड वितरण कार्यक्रममा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरु, कम्पनीको उच्च व्यवस्थापन र अन्य सदस्यहरुको उपस्थिति थियो ।

आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले पछिल्ला ८ वर्षको अवधिमा कम्पनिले उत्साहजनक गति लिएको उल्लेख गर्दै प्रविधिको उपयोग गर्दै सेवा प्रवाह गर्ने क्षेत्रमा आइएमई लाइफले पहल गर्दै फड्को मारिरहेको कुरामा जोड दिए।

प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार  १५ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।