‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ


काठमाडौँ । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले काठमाडौँ र भक्तपुरबाट भिओआइपी उपकरणसहित उनीहरुलाई पक्राउ गरेको हो ।

गोरखाको अजिरकोटका प्रोशेस गुरुङ, काठमाडौँको शङ्खरापुरका मुना श्रेष्ठ, कञ्चनपुरको कृष्णपुरका जेनित झुकाल तथा भक्तपुरको सूर्यविनायकका कृष्ण नगरकोटीलाई काठमाडौँ र भक्तपुरबाट पक्राउ गरिएको व्यूरोका प्रवक्ता अनुपमशम्शेर जबराले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट ल्यापटप, विभिन्न कम्पनीका सिमकार्ड, मोबाइल, ब्याट्री, इन्टरनेट हव, राउटरलगायत सामग्री बरामद गरेको छ ।

प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार  १७ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।