सिद्धार्थ बैंकको नाफा साढे ३ अर्ब बढी, प्रतिसेयर आम्दानी कति ?


काठमाडौँ । सिद्धार्थ बैंकको नाफा ४.५३ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५१ करोड ९४ लाख ९ हजार ७९७ रुपैयाँ नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३ अर्ब ३६ करोड ६५ लाख ९४ हजार २८२ रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चालन मुनाफा करिब ३.७७ प्रतिशतले बढेर ५ अर्ब १६ करोड २७ लाख २० हजार रुपैयाँ बराबर पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ९७ करोड ४८ लाख ४६ हजार रुपैयाँ बराबर रहेको थियो ।

तर बैंकको वितरणयोग्य नाफामा भने करिब ७.७७ प्रतिशतले गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८३ करोड ७८ लाख ६६ हजार रुपैयाँ बराबर रहेको वितरणयोग्य नाफा गत आर्थिक वर्षमा घटेर १ अर्ब ७० करोड ५६ लाख ७१ हजार रुपैयाँ बराबर रहेको छ ।

यस्तै बैंकको कुल ब्याज आम्दानी ९ अर्ब ५ करोड ११ लाख ८८ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षमा ८ अर्ब ४३ करोड ९८ लाख ६० हजार रुपैयाँ बराबर रहेको थियो । बैंकको खुद सञ्चालन आम्दानी १२ अर्ब ५ करोड १६ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।

बैंकको खराब कर्जा भने बढेको छ । अघिल्लो आर्थिक वर्षमा २.६२ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षमा बढेर ३.५३ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २३.०६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २२५.१७ रुपैयाँ रहेको छ ।

बैंकको कुल सम्पत्ति ३ खर्ब ८९ अर्ब ७३ करोड २८ लाख १७ हजार रुपैयाँ रहेको छ भने कुल दायित्व ३ खर्ब ५२ अर्ब ८१ करोड २६ लाख १८ हजार रुपैयाँ रहेको छ । यस्तै चुक्ता पूँजी १८ अर्ब २९ करोड ४४ लाख ७९ हजार रुपैयाँ बराबर रहेको छ भने जगेडा १६ अर्ब ९२ करोड ४८ हजार रुपैयाँ बराबर रहेको छ ।

बैंकले सर्वसाधारणमा गरेको ऋण लगानी २ खर्ब ३३ अर्ब ८७ करोड २६ लाख ३५ हजार रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थामा गरेको ऋण लगानी ८ अर्ब ७८ करोड ५३ लाख ४२ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार  ११ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।