काठमाडौँ । रूपन्देहीको माध्यमिक शिक्षालाई आधुनिकतातर्फ लैजाने एउटा ठूलो प्रयास स्वरूप देवदह बुद्ध पब्लिक स्कूलका प्रिन्सिपल कृष्णा प्रसाद गैरेले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स र साइबर सुरक्षासम्बन्धी व्यावहारिक सीप प्रदान गर्न आयोजित विशेष कार्यक्रमको प्रशंसा गरे।
लुम्बिनी टेक इनोभेसन सेन्टरका अध्यक्ष धन बहादुर राणाको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षाविद्, प्रविधि क्षेत्रका विज्ञ र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै देवदह बुद्ध पब्लिक स्कूलका प्रिन्सिपल कृष्णा प्रसाद गैरेले लुम्बिनी टेक इनोभेसन सेन्टरले सञ्चालन गरेको यो तालिमले स्थानीय विद्यार्थीहरूको व्यावहारिक सीप अभिवृद्धिमा प्रत्यक्ष योगदान पुर्याउने कुरा बताए। परम्परागत पाठ्यक्रमका साथै यस्ता आधुनिक प्रविधिसँग जोड्ने कार्यक्रमले विद्यार्थीहरूलाई उच्च शिक्षा र भविष्यको करियरका लागि तयार पार्ने कुरा स्पष्ट पारे।
सो कार्यक्रममा स्कूलका प्लस टु संयोजक अनन्तराम भण्डारीको पनि उपस्थिति रहेको थियो, जसले देवदह बुद्ध पब्लिक स्कूल प्रशासन आफ्ना विद्यार्थीहरूलाई डिजिटल युग अनुसार सक्षम बनाउन प्रतिबद्ध रहेको देखाउँछ ।
आर्टिफिसियल इन्टेलिजेन्स ब्रिफिङका निर्देशक कृष्ण सापकोटाले पाठ्यक्रमको बारेमा जानकारी गराउँदै विद्यार्थीहरूलाई डिजिटल भविष्यका लागि आवश्यक पर्ने आधारभूत सीपबारे मार्गदर्शन गरे ।










प्रतिक्रिया