काठमाडौँ । नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि पाँच जना उम्मेदवारको नाम सार्वजनिक गरिएको छ ।
मन्त्रालयले २०८३ साउन २१ गते सार्वजनिक गरेको सूचना अनुसार, उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्यअनुभव र उनीहरूले पेस गरेको व्यावसायिक तथा वित्तीय कार्ययोजनाको मूल्याङ्कनका आधारमा अन्तर्वार्ताका लागि छनोट गरिएको हो ।
अर्जुन कुमार गौतम, गोपाल घिमिरे, पर्वत कुमार कार्की, यज्ञ प्रकाश न्यौपाने र समता पन्त भट्ट उम्मेदवारहरू छनोटमा परेका हुन् ।
अर्थ मन्त्रालयको कार्यकारी निर्देशक छनौट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत ५ जनालाई सर्टलिस्ट (छनौट) गरेको हो ।










प्रतिक्रिया