भन्सार छलीका सामानसहित दुई सिटी सफारी नियन्त्रणमा


भद्रपुर । झापाको मेचीनगरबाट सशस्त्र प्रहरीले ५ लाख ४५ हजार ६५० रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा र इलेक्ट्रोनिक्स सामानसहित दुई वटा सिटी सफारी नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं २ गण, झापाबाट खटिएको सशस्त्र प्रहरी मोबाइल टोलीले मेचीनगर नगरपालिका–१५ स्थित बङ्गसल सीमा क्षेत्रमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरेका सामानसहित ती सवारीसाधन बिहीबार साँझ जाँचका क्रममा नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका सामान तथा सिटी सफारीलाई आवश्यक कानुनी कारबाहीका लागि आज भद्रपुर भन्सार कार्यालयमा बुझाइएको उक्त गणका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीले जानकारी दिए। 

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार  १५ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।