इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर ३ लाख १५ हजार रुपैयाँ हात पारे । अदुवाको मुख्य उत्पादन (बच्चा) प्रतिमन (४० केजी) ४ हजार ५०० का दरले बिक्री गरेका हुन । “गत वर्ष अदुवाको मूल्य थियो, उत्पादन पनि मनग्य भएकाले आम्दानी पनि प्रशस्त भयो,” उनले भने ।
५ रोपनीमा अदुवाखेती गरी ९० मन उत्पादन गरेका उनले २० मन बीउ राखेर बाँकी बेचे । उनले १२० मन उत्पादन हुने अपेक्षाका साथ यस वर्ष २० मन बीउ रोपेका छन । उनले भने, “पोहोरकै जस्तो मूल्य आयो भने यस वर्ष ५ लाख बढी आम्दानी गर्नेछु ।”










प्रतिक्रिया