आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे


तनहुँ । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ विस्तार भएसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढ्दै गएका पाइएको छ ।

महिलाहरूमा शिक्षा, रोजगारी र आर्थिक आत्मनिर्भरताका कारण आफ्नो अधिकारका लागि कानुनी बाटो रोज्ने प्रवृत्ति बढेको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार नन्दप्रसाद आचार्य बताउँछन् ।

सामाजिक चेतना, आर्थिक आत्मनिर्भरता र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ विस्तार हुनु सम्बन्धविच्छेदको मुख्य कारण भएको उनको ठम्म्याइ छ । 

गत आर्थिक वर्षमा तनहुँ जिल्ला अदालतमा दर्ता भएका दुई हजार ४५६ मुद्दामध्ये सम्बन्धविच्छेदका  ९५२ छन् । अदालतले ८१० मुद्दा निरुपण भएका छन् । 

आर्थिक वर्ष २०८२/८३ मा अंशका २८७ मुद्दा दर्ता भएकामा १७९ किनारा लगाइएको छ ।

प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार  १३ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।