सुनको मूल्यमा सामान्य गिरावट, चाँदीमा भने वृद्धि


काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, सोमबार चाँदी तोलामा २५ रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार ६७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३३४.५७ अमेरिकी डलर र चाँदी ६३.७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार  ११ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।