यो वर्षको सर्वाधिक कमाउने चलचित्र बन्यो ‘गौथली’ : हालसम्मको कमाइ १९ करोड ७१ लाख


काठमाडौँ । यस वर्ष सर्वाधिक कमाउने चलचित्र ‘गौथली’ बनेको छ । प्रदर्शनमा आएको ३ सातामा नै चलचित्रले १९ करोड ७१ लाख रुपैयाँ भन्दा बढी कमाइ गरेको छ ।

चलचित्र विकास बोर्डको सिनेपा बक्स अफिसले साउन २४ गते मध्यरातसम्मको विवरण सार्वजनिक गरेको हो ।

जसअनुसार साउन १ गतेदेखि प्रदर्शनमा आएको डा. कपिल रिजालद्धारा निर्देशित चलचित्र ‘गौथली’ ले ७ लाख १५ हजार १९८ वटा टिकट बिक्री गरी १९ करोड ७१ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको हो ।

प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको गौथलीको व्यापारिक आँकडासँगै चलचित्र हेर्ने दर्शकको संख्या पनि निकै उत्साहजनक देखिएको छ । ‘गौंथली’ को कथावस्तु, प्रस्तुतीकरण र कलाकारको अभिनयलाई दर्शकले रुचाएका कारण नै बक्स अफिसमा यो तहको सफलता हासिल गरेको छ ।

प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार  १२ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।