काठमाडौँ । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले स्वस्थ्य खानेपानी उपलब्ध गराउने विषयमा छलफल थालनी गरेको छ । समितिको आजको बैठकमा सभापति आशिष गजुरेलले सुरक्षित र स्वस्थ्य खानेपानीको व्यवस्था गर्नुपर्ने विषयमा जोड दिएका थिए । बैेठकमा सांसदहरुले खानेपानीको उपलब्धताको अवस्थाबारे मन्त्रालयले विस्तृत जानकारी दिनुपर्ने धारणा राखे ।
समितिका सचिव उदयकुमार भण्डारीले छलफल पश्चात पूर्वाधार विकास मन्त्रालयलाई आगामी साउन २८ गते बिहीबार कुन–कुन ठाउँमा कसरी र कस्तो खानेपानी व्यवस्थापन गरिरहेको भन्ने विषयमा तथ्यगत जानकारी सहित बैठकमा उपस्थित हुन निर्देशन दिएको छ ।
उनले समितिको आन्तरिक क्रियाकलापहरुको समीक्षा गर्नुको साथै राष्ट्रिय गौरवका आयोजना अध्ययन प्रतिवेदनबारे छलफल भएको पनि जानकारी गराए ।











प्रतिक्रिया