एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनका लागि Base Rate ± ०.५ प्रतिशत मा ’इभी अटो कर्जा’ सुरु


काठमाडौँ ।एनएमबि बैंक लिमिटेडले नाइमा ९ल्ब्क्ष्ःब्० अटो एक्सपोलाई लक्षित गर्दै नयाँ विद्युतीय सवारी साधन ९ल्भध भ्ख्० का लागि आधार दर ०.५ प्रतिशत (Base Rate ±बाट सुरु), को विशेष ब्याजदरमा कर्जा सुविधा ल्याएको छ । वातावरणमैत्री यातायात र दिगो बैंकिङलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकले यो आकर्षक र किफायती इभी कर्जा योजना सुरु गरेको हो ।

अत्यन्तै सरल र छिटो प्रक्रियाबाट उपलब्ध गराइने यो सीमित अवधिको कर्जा सुविधा नयाँ ईभी खरिदकर्ताहरूका लागि उपलब्ध छ । इच्छुक ग्राहकहरूले एक्सपोमा रहेको बैंकको स्टल नं ०५ वा देशभर रहेका एनएमबि बैंकका शाखाहरू मार्फत सजिलैसँग आवेदन दिन सक्नेछन ।

एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र ९एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार  १० : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।